Saturday, May 30, 2015

-इथियोपियामा भेटियो मानव जातिको नयाँ प्रजाति (भिडियो)



काठमाडौं, १५ जेठ । अफ्रिकी मुलुक इथियोपियामा मानव जातिको नयाँ प्रजाति फेला परेको समाचार सार्वजनिक भएको छ । अनलाइन पत्रिका लाइभसाइन्स डटकममा प्रकाशित समाचार अनुसार इथियोपियाको सफार क्षेत्रमा ३३ देखि ३५ लाख बर्ष पुरानो मानव जातिको नयाँ प्रजातिको अवशेष फेला परेको छ । सो पत्रिकाका अनुसार ३३ देखि ३५ लाख पुरानो ‘अस्ट्रेलोपिथेकस डेइरेमेडा’ नाम दिइएको सो मानव प्रजातिको हड्डी र बङगारा भेटिएको छ । यो प्रजाति त्यो बेलाका मानव प्रजातिको समकालिन भएको पनि समाचारमा जानइएको छ । 

सो पत्रिकाले फेला परेको हड्डी र बङगारा त्यो बेला रहेका मानिसको एक प्रजाति रहेको बताएको छ । क्वील्यान्ड म्युजियम अफ चेतुरल हिस्ट्रीका मूल्य अनुसन्धानकर्ता डा. योहानेस हेल सेलासीले प्राप्त भएको हड्डी र बङगारालाई अन्य मानव प्रजातिसँग तुलना गरेर हेर्दा हड्डी एकदमै बलियो भएपनि बङगारा भने तुलनात्मक रुपमा छोटो रहेको जानकारी दिएका छन् ।