डाक्टर साहेबले लेखेको पत्र पाएँ । दंग परेकी छु । बिचरा डाक्टर साहेबले कति समय खर्च गरेर लेखेको पत्र त पढ्नै पर्यो नि । मन पटक्कै थिएन हजुरको पत्र खोलेर पढ्न तर पनि पढेँ दिल खोलेर । धेरै खुशी लाग्यो, हजुरको पत्र पढेर गजब पनि लाग्यो । हिजोका दिनमा हामीलाई वेश्या देख्ने नयनले आज बहिनी देख्यो । छक्क परेकी छु । डाक्टर साहेबकी बहिनी हुन पाउँदा भुइँमा खुट्टै छैन । मैले कल्पना पनि गरेकी थिइनँ हजुर जस्तो महान हृदय, उच्च विचार अनि बहुमुखी प्रतिभाका धनी विश्वले सम्मान गरेको प्रख्यात वैज्ञानिकले हामी पवित्र नारीलाई छुद्र व्यवहार गरिसिन्छ भनेर ।
सुनेकी थिएँ, ठूलाबडा राम्रा सोच बिचार भएका व्यक्तिले सबैको इज्जत गर्छन भनेर । तर हजुरले तँ छिः छिः अहिले पनि आँखा अगाडि घुमिरहन्छ । हजुरसँग भेट भएको त्यो क्षण, म बयान नै गर्न सक्दिनँ । डाक्टर साब हजुरले गरेको भाषण । अनि हजारौँ जनमासले डा. सिके राउत जिन्दावाद भनेर नारा जुलुस गरेको क्षण । हजुर त मेरो पनि मनमस्तिष्कमा बस्न सफल व्यक्ति होइसिन्थ्यो । म कल्पना गर्थेँ, नेता हजुर जस्तो हुनुपर्छ । हजुरको समाज र देशप्रति योगदान र त्याग देखेर म पनि हजुरको दर्शन लिन थोत्रो मोटरसाइकमा चढेर सिम्रनगढ पुगेँ । जँहा हजुरसँग मेरो पहिलो भेट भयो । म मख्खै थिएँ । ६ वटा विषयमा पिएचडी गरेका नेपाल आमाका प्यारा छोरा डा. सिके राउतसँग फोटो खिच्न पाउँदा ।
एउटा सामान्य व्यक्तिले दारु खाएर भनेको भए पनि जँड्याहाले जाँडको तालमा बोल्यो भनेर बस्थ्यौँ । तर एउटा बिद्वान प्रख्यात डाक्टरले भन्दा कसरी चुप बस्न सक्छु र ? आफैँ कल्पना गर्नुहोस् त । हजुरले हामी नारीको चरित्र हत्या गर्नु भएको छ । माफ दिने पनि ठाउँ राख्नु भएको छैन् । याद गर्नु डाक्टर साब, नेपाली चेलीले कहिल्यै भुल्ने छैनन् हजुरले दिएको चोट । हुन त हजुरले आफ्नो गल्ति स्विकारी सक्नुभएको छ । गल्ती गर्नु भन्दा क्षमा दिनु ठूलो कुरा हो । हजुरले सजायए भोग्नै पर्छ । डेढकरोड नेपाली नारीबीच बसेर क्षमा माग्नै पर्छ । याद छ डाक्टर साब, हजुरले हामी नारीको मन कसरी रुवाउनु भएको छ ।
हजुरले हामी आम नेपाली नारीमाथि ठूलो हिंसा गर्नु भएको छ । एकछिन आँखा छोपेर कल्पना गर्नुहोस् त कति दुःखी भएका छन आम नेपाली चेली । बोल्न हामी चेलीलाई पनि आउँछ । तर सहेर बस्यौँ । अति भएपछि सहनै नसकेपछि बाध्य भएर बोलेका हौँ । याद गर्नुहोस्, डाक्टर साब नेपाली चेलीको थोपा–थोपा आँशुले पोल्ने छ हजुरलाई । थाहा होला, हजुरलाई हाम्रो नेपाली समाजमा नारीलाई देवीका रुपमा हेरिन्छ, पुजिन्छ, मानसम्मान र इज्जत गरिन्छ । हामी सीता, भृकुटी र सतिसावित्रीका देशका नारी हौँ । नारीको इज्जत गर्ने मानिसले संसार जित्छ । जसले नारीलाई घृणा गर्छ, त्यसले जीवनभर मरेर बाँच्नु पर्छ ।
डाक्टर साहेब, हजुर सधैँ मधेसको मात्र वकालत गर्नुहुन्छ । हुन त म पनि मधेसी हुँ । कहिले देश टुक्राउँछु भन्ने त त कहिले पवित्र नारीको चरित्र हत्या गर्नुहुन्छ । के हजुरले जाहेज र राम्रो काम गरेजस्तो लाग्छ ? हुन त हजुरले यी नेपाली सोझासाझा, निमुखा, इमान्दार र सतीसावित्रीलाई जे भन्दा पनि हुन्छ भनेर भन्नुभयो होला । यो देशमा नारीको सत्तित्व र कुमारीत्वको रक्षा गर्ने सावित्री जस्ता बलवान हिमम्तवाली छोरी पनि छन् । खबरदार डाक्टर साब, म डेढकरोड नारी खुल्लामञ्चमा जम्मा गरेर सर्वोच्च छिर्दैछु । हामी सहेर बस्ने छैनौँ । चाहे मर्न किन नपरोस्, तयार छौँ आत्म त्याग गर्न पनि । हजुरले गर्दा चुहाएको एकएक थोपा आँशु र दुःखाएको मनको पीडा चुक्ता गरेरै छाड्छु । हो, म डेढकरोड नारीको नेतृत्व गरेर सडकमा आउँदै छु । – सिके राउतलाई सावित्री सुवेदीले लेखेको पत्र र तस्बिरहरु उनको फेसबुकबाट

साँच्चै यो देशमा सिके राउतको धेरै खाँचो थियो, छ पनि । सबैले आफ्नो स्वार्थ, रोज, मोज, भोज त्यागेर समाज र जनताका लागि बाँच्ने जननेता खोजेका थिए । त्यो गुण हजुरमा थियो । राम्रो काम गर्न चाहे मधेसी, चाहे पहाडी, चाहे हिमाली जो भए पनि ऊ नेपाली हो । उसलाई सबैले साथ दिनु पर्छ । मैले पनि हजुरलाई साथ दिन्छु, अघि बढिसो भनेकै हुँ । हजुरका भाषण कान फुटिन्जेल सुनेकै हुँ मैले । हजुरलाई धेरै राम्रो छवि भएको व्यक्तिको दर्जामा राखेकी थिएँ । हो साँच्चै हाम्रो देशमा हजुरको पाइला पाइलामा खाँचो थियो ।हजुरको योग्यता र क्षमता आमनेपालीले स्यालुट गरेकै हुन् । खै के भएर हजुरको पिएचडीमा बिर्को लागेर कहिले नेपाल आमालाई रन्डी त कहिले नेपाली चेलीलाई बेश्या भनिसो । कसैले कल्पनै त के सोच्नै नसक्ने सोच्दा पनि सातजुनि पाप लाग्ने तरिकाले नेपाली मधेसमा आएर आखिर अगाल्ने पुख्र्यौली पेशा नै त हो, रौतहटमा सात यौनकर्मी पक्राउ भनेर हजुरले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत हल्ला फिजाउनु भो । मैले सम्मान अनि इज्जत गरेको मेरो प्यारो डाक्टर साहेबले लगाएको आरोप अनि बोलेको अपशब्द सहनै नसकेर बाध्य भएर रुँदै रुँदै एक हजार सापटी लिएर कलैयाबाट डिलक्स बसमा हुइँकिँदै राजागाउँ गएँ । मेरो मात्र हैन डाक्टर साब, डेढ करोड नारीको मन रोएको छ हजुरको शब्दले, सीताका देशका पवित्र नारीलाई खै के सोचेर बोल्नु भो । हो सबै नारीले घृणा गर्छन् हजुरलाई । छिः हजुरको नाम त के छायासम्म हेर्न चाहन्नन् नेपाली चेली ।
एउटा सामान्य व्यक्तिले दारु खाएर भनेको भए पनि जँड्याहाले जाँडको तालमा बोल्यो भनेर बस्थ्यौँ । तर एउटा बिद्वान प्रख्यात डाक्टरले भन्दा कसरी चुप बस्न सक्छु र ? आफैँ कल्पना गर्नुहोस् त । हजुरले हामी नारीको चरित्र हत्या गर्नु भएको छ । माफ दिने पनि ठाउँ राख्नु भएको छैन् । याद गर्नु डाक्टर साब, नेपाली चेलीले कहिल्यै भुल्ने छैनन् हजुरले दिएको चोट । हुन त हजुरले आफ्नो गल्ति स्विकारी सक्नुभएको छ । गल्ती गर्नु भन्दा क्षमा दिनु ठूलो कुरा हो । हजुरले सजायए भोग्नै पर्छ । डेढकरोड नेपाली नारीबीच बसेर क्षमा माग्नै पर्छ । याद छ डाक्टर साब, हजुरले हामी नारीको मन कसरी रुवाउनु भएको छ ।
हजुरले हामी आम नेपाली नारीमाथि ठूलो हिंसा गर्नु भएको छ । एकछिन आँखा छोपेर कल्पना गर्नुहोस् त कति दुःखी भएका छन आम नेपाली चेली । बोल्न हामी चेलीलाई पनि आउँछ । तर सहेर बस्यौँ । अति भएपछि सहनै नसकेपछि बाध्य भएर बोलेका हौँ । याद गर्नुहोस्, डाक्टर साब नेपाली चेलीको थोपा–थोपा आँशुले पोल्ने छ हजुरलाई । थाहा होला, हजुरलाई हाम्रो नेपाली समाजमा नारीलाई देवीका रुपमा हेरिन्छ, पुजिन्छ, मानसम्मान र इज्जत गरिन्छ । हामी सीता, भृकुटी र सतिसावित्रीका देशका नारी हौँ । नारीको इज्जत गर्ने मानिसले संसार जित्छ । जसले नारीलाई घृणा गर्छ, त्यसले जीवनभर मरेर बाँच्नु पर्छ ।
डाक्टर साहेब, हजुर सधैँ मधेसको मात्र वकालत गर्नुहुन्छ । हुन त म पनि मधेसी हुँ । कहिले देश टुक्राउँछु भन्ने त त कहिले पवित्र नारीको चरित्र हत्या गर्नुहुन्छ । के हजुरले जाहेज र राम्रो काम गरेजस्तो लाग्छ ? हुन त हजुरले यी नेपाली सोझासाझा, निमुखा, इमान्दार र सतीसावित्रीलाई जे भन्दा पनि हुन्छ भनेर भन्नुभयो होला । यो देशमा नारीको सत्तित्व र कुमारीत्वको रक्षा गर्ने सावित्री जस्ता बलवान हिमम्तवाली छोरी पनि छन् । खबरदार डाक्टर साब, म डेढकरोड नारी खुल्लामञ्चमा जम्मा गरेर सर्वोच्च छिर्दैछु । हामी सहेर बस्ने छैनौँ । चाहे मर्न किन नपरोस्, तयार छौँ आत्म त्याग गर्न पनि । हजुरले गर्दा चुहाएको एकएक थोपा आँशु र दुःखाएको मनको पीडा चुक्ता गरेरै छाड्छु । हो, म डेढकरोड नारीको नेतृत्व गरेर सडकमा आउँदै छु । – सिके राउतलाई सावित्री सुवेदीले लेखेको पत्र र तस्बिरहरु उनको फेसबुकबाट
-Source: www.nepalese.org/article/2015/06/12/14979
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।