Saturday, July 25, 2015

‘तिमीले छाडे म मर्छु या बहुलाउँछु’ (प्रोमोसहित)


पाल्पा । बिगत १ दशक देखि बुटवलका विभिन्न मिडियामा क्रियाशील आरजे तथा भीजे सबिन बराल आफ्नो सुमधुर आवाज लिएर दर्शक तथा श्रोता माझ आएका छन् ।
केशव ज्ञवालीको शब्द तथा संगीतमा रहेको ‘मर्छु या बहुलाउँछु’ भन्ने अत्यन्तै मर्मस्पर्शी गीतमा सबिन बरालको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा बरालले नै मोडलिङ समेत गरेका छन । उनलाई मोडलिङमा ममता ढकाल र योगेश खनालले साथ दिएका छन । अविरल फिल्मस् प्रालिले निर्माण गरेको भिडियोलाई बिष्णु भटराईले निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन ।
भिडियोको प्रोमो हिजो शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । प्रोमो सार्वजनिक भएपनि पुरा भिडियो भने तिजपछि मात्र बजारमा ल्याइने गायक तथा मोडेल वरालले जानकारि दिए ।
Scroll Down for [VIDEO]