Friday, July 24, 2015

पृथ्वीजस्तै अर्को ग्रह भेटियो, बसोबास गर्न सकिने वैज्ञानिकहरुको विश्वास


पृथ्वीजस्तै अर्को ग्रह भेटियो, बसोबास गर्न सकिने वैज्ञानिकहरुको विश्वास 
वासिङ्टन, श्रावण ८ । नासाले आफ्नो खोजी अभियान अन्तर्गत पृथ्वीजस्तै एउटा नयाँ ग्रह फेला परेको दाबी गरेको छ । उक्त ग्रहमा बसोबास गर्न सकिने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।
नयाँ ग्रहको नाम ‘क्याप्लर ४५२’ राखिएको छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डल भित्रै छ । यसले सूर्यको परिक्रमा गर्न ३८५ दिन लगाउने वैज्ञानिकहरुको भनाई छ ।
यस ग्रहमा पृथ्वीको जस्तै चट्टान रहेको बताइन्छ । औसत तापक्रम रहेका कारण यसमा पानी र जीवनको सम्भावना पनि रहेको वैज्ञानिकहरुको भनाई छ ।
यो ग्रह पृथ्वीको तुलनामा ६० गुणा ठूलो छ । पृथ्वीजस्तै जीवन सम्भव हुने भएर नै वैज्ञानिकहरुले यसलाई ‘अर्थ २’ भनेका छन् । पृथ्वी बाहिर जीवनको खोजीमा रहेका वैज्ञानिकहरुले यसलाई ठूलो सफलताका रुपमा लिएका छन् । -ईमेजखबरबाट   
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।