भिखारीको भेषमा अचानक सडकमा गायक पशुपति शर्मा देखिएपछि (भिडियो)
काठमाडौं, २ भदौ । नजिकिँदै गरेको हिन्दु नारीहरुको महान पर्व तिजलाई लक्षित गरेर यही वर्ष मात्रै १२ वटा भिडियो सार्वजनिक गर्ने बताउँदै आएका लोक गायक पशुपति शर्माले हालै युट्युबमा नयाँ भिडियो सार्वजनिक गरेका छन् । जसमा गायक शर्मा भिखारीको रुपमा पैसा माग्दै गरेको अवस्थामा सडकमा देखिन्छन् ।
समय अनुसार आफुलाई पस्किन जानेका कलाकार शर्माले पछिल्लो समय बजारमा ल्याएका ३ वटा गीतमा ३ किसिमको स्वाद दिएका छन् । जसका गीतले छुट्टै मिठास दिने गर्दछन् । शर्माको यो कोशेलीमा उनकै शव्द तथा लय छ । जसमा पैसालाई सत्तोसराप गाली गर्दै त्यसको महत्वलाई पनि नजिकबाट उनले नियालेका छन् ।
भिडियोमा गायक शर्मालाई हास्यकलाकार निरु खड्काले साथ दिएकी छन् । बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोलाई कान्तीपुर साप्ताहिकले प्रस्तुत गरेको छ । - Source: etajakhabar .com